Kathmandu Press

‘जागरण अभियान सुशासनको मान्यतामा राज्य चलोस् भन्ने धारण जनातामा लैजान चलाएका हौं’

अभियानमा खटिने टोलीको बिदाई गर्दै अध्यक्ष नेपालले उनले सुशासनको मान्यतामा राज्य चल्नुपर्ने धारणा जनताको माझमा प्रस्तुत गर्नेदेखि रोजगारी, समृद्धि र समानताको कुरालाई अगाडि सार्न निर्देशन दिए।
‘जागरण अभियान सुशासनको मान्यतामा राज्य चलोस् भन्ने धारण जनातामा लैजान चलाएका हौं’

काठमाडौं, असोज १२ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सुशासनको मान्यतामा राज्य चलोस भन्ने धारणा जनता माझ लैजानका लागि मेची–महाकाली जागरण अभियान थालिएको बताएका छन्।

मेची–महाकाली जागरण तथा संगठन विस्तारको अभियानमा खटिने टोलीको बिदाई गर्दै अध्यक्ष नेपालले उनले सुशासनको मान्यतामा राज्य चल्नुपर्ने धारणा जनताको माझमा प्रस्तुत गर्नेदेखि रोजगारी, समृद्धि र समानताको कुरालाई अगाडि सार्न निर्देशन दिए।

‘यो यात्राले समाजवादको सन्देश, समाजवादप्रतिको पार्टीको दुष्टिकोण र धारणाहरू, देशको राजनीतिलाई कसरी सकारात्मक दिशामा लिएर जाने, संविधानप्रतिको विश्वास कसरी बलियो बनाउने हो, सुशासनको मान्यतामा राज्य चलोस भन्ने हाम्रो धारणा जनताको माझमा प्रस्तुत गर्नेछ,’ उनले भने, ‘रोजगारीका कुरा, समृद्धिका समस्या, समानता र न्यायका कुरालाई अगाडि सारेर विकास, उत्पादन, समृद्धिको विषयमा काम गर्ने छौं।’

अभियानको क्रममा ठाँउ–ठाँउमा सांस्कृतिक कार्यक्रम, सडक नाटकहरू प्रस्तुत गर्ने भन्दै उनले जनतामा नयाँ किसिमको जागरण उजागर गर्नको लागि पार्टी अग्रपंतिमा उभिन तयार भएको बताए। समाजवादीका जानगर अभियान सुदूरपूर्वी जिल्ला झापाबाट सुरु हुनेछ।  

 

प्रकाशित मिति: १८:१९ बजे, शुक्रबार, असोज १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्