Kathmandu Press

सङ्घीयता कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तन जरुरी : कार्यवाहक प्रधानमन्त्री खड्का

सङ्घीयता कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तन जरुरी : कार्यवाहक प्रधानमन्त्री खड्का


काठमाडौं, असाेज १२ : कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सङ्घीयताको पूर्ण कार्यान्वयनका लागि शासकीय मानसिकतामा परिवर्तन हुनुपर्नेमा बताएका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित कार्य विस्तृतीकरण परिमार्जन प्रारम्भिक सुझाव सङ्कलन, स्थानीय सरकार सङ्घ महासङ्घको कार्यक्रममा उनले तीनवटै तहका सरकार र कर्मचारी संयन्त्रमा शासकीय मानसिकतामा परिवर्तन गर्न जरुरी रहेको बताए । 

संविधान जारी भइसकेपछि दुई पटक निर्वाचन भइसक्दा समेत सङ्घीय कानुन बन्न नसक्दा सङ्घीयता कार्यान्वयनमा समस्या देखिएको उनको भनाई छ । 
उनले विद्यालय शिक्षासम्बन्धी विधेयक संसदमा पेश भइसकेको र अब चाँडै निजामती कर्मचारीसम्बन्धी विधेयक र सङ्घीय प्रहरीसम्बन्धी विधेयक पनि संसदमा दर्ता गर्ने तयारी भएको बताए। 
    
 

प्रकाशित मिति: १४:२४ बजे, शुक्रबार, असोज १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्