Kathmandu Press

वंशाणुगत रोग नियन्त्रणमा पशु चिकित्सकको भूमिका महत्वपूर्ण : उपप्रधानमन्त्री श्रेष्ठ 

काठमाडौंमा  नेपाल भारत पशु चिकित्सकको पहिलो अन्तराष्ट्रिय सम्मेलन, काठमाडौंमा उद्घाटन गर्दै उनले स्वस्थ जनावरहरू उत्पादन गर्न तथा वंशाणुगत रोग नियन्त्रण गर्न पशु चिकित्सकको महत्वपूर्ण भूमिका हुने बताएका हुन्।
वंशाणुगत रोग नियन्त्रणमा पशु चिकित्सकको भूमिका महत्वपूर्ण : उपप्रधानमन्त्री श्रेष्ठ 

काठमाडौं, असाेज १२ : उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले, वंशाणुगत रोगहरु नियन्त्रणका लागि पशु चिकित्सकको भूमिका महत्वपूर्ण हुने बताएका छन्। 

काठमाडौंमा  नेपाल भारत पशु चिकित्सकको पहिलो अन्तराष्ट्रिय सम्मेलन, काठमाडौंमा उद्घाटन गर्दै उनले स्वस्थ जनावरहरू उत्पादन गर्न तथा वंशाणुगत रोग नियन्त्रण गर्न पशु चिकित्सकको महत्वपूर्ण भूमिका हुने बताएका हुन्।

उनले भने ‘ म पूर्ण विश्वस्त छु कि यो सम्मेलनले हामीलाई स्वस्थ जनावरहरू उत्पादन गर्न, वंशाणुगत रोगहरू नियन्त्रण गर्न र मानिसहरुलाई सुरक्षित खाद्यान्न उपलब्ध गराउन अगुवाइ गर्न मद्दत गर्नेछ।’ 

भेटेरिनरी पब्लिक हेल्थ नेपाल र एसोसिएसन अफ पब्लिक हेल्थ भेटेनरियन्स, भारतको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिएको हो। 

नेपालजस्ता न्यून र मध्यम आय भएका देशहरूमा जनस्वास्थ्यको महत्व अझै बढी रहेको भन्दै उनले आफ्नो गम्भीर भूमिकालाई पुरा गर्न पशुचिकित्सकहरुलाई अनुरोध गरे।

‘पशुचिकित्सकहरूको सेवाले जनस्वास्थ्य प्रवर्द्धन र मानिसहरूमा रोगहरूको रोकथाममा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ छ।‘पशुचिकित्सकहरू सर्वोत्कृष्ट महामारीविद् हुन र जनस्वास्थ्यमा निर्णायक भूमिका खेल्ने स्वाथ्यकर्मी भए पनि निम्न र मध्यम आय भएका देशहरूमा उनीहरूलाई उचित सम्मान गर्न सकिएको छैन्। ’ उनले भने 

उनले पशु चिकित्सकहरूको ज्ञान र सीपहरूलाई सार्वजनिक स्वास्थ्य र खाद्य सुरक्षा क्षेत्रहरूमा एकीकृत र मुख्य प्रवाहमा ल्याउन सके देश र मानव जातिलाई नै हित हुने उनको भनाई छ। 
 
प्रकाशित मिति: १४:०९ बजे, शुक्रबार, असोज १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्