Kathmandu Press

छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड

उनलाई छेन्दुस्थित सिचुआन प्रान्तका उपगभर्नर याङ सिङपिङ, सिचुआन प्रान्त विदेश मन्त्रालयका निर्देशक चाङ ताओ र विदेश मन्त्रालयका एसियाली मामिलासम्बन्धी विभागका प्रमुखले स्वागत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, असाेज १२ : चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको छेन्दु पुगेका छन्।
प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट आज बिहानको उडानबाट छेन्दु पुगेका हुन्।

उनलाई छेन्दुस्थित सिचुआन प्रान्तका उपगभर्नर याङ सिङपिङ, सिचुआन प्रान्त विदेश मन्त्रालयका निर्देशक चाङ ताओ र विदेश मन्त्रालयका एसियाली मामिलासम्बन्धी विभागका प्रमुखले स्वागत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 छेन्दुमा रहँदा प्रधानमन्त्री प्रचण्डले आज साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

आजै साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्ने छन्।  त्यसअघि उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्रम छ।
 
प्रकाशित मिति: १४:०३ बजे, शुक्रबार, असोज १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्