यी प्रदेशमा वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभान, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आँशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ।
काठमाडौं, असोज १२ : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।
जल तथा मौसम विज्ञान विभान, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आँशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ।
महाशाखाका अनुसार देशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति देशभर आंशिक देखि सामान्य बदली रही कोशी र मधेश प्रदेश सहित देशका पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू-भागको एक,दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
प्रकाशित मिति: ०७:४७ बजे, शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार