Kathmandu Press

‘संघीयता विरोधीहरू सामाजिक सद्भाव बिगार्न सक्रिय छन्’

मुख्यमन्त्री यादवले पछिल्लो समय मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा सामाजिक सदभाव बिगार्ने गरी क्रियाकलाप हुनुको पछाडि संघीयता नचाहनेहरुको हात रहेको दाबी गरे।
‘संघीयता विरोधीहरू सामाजिक सद्भाव बिगार्न सक्रिय छन्’

धनुषा, असोज ११ : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता विरोधीहरू सामाजिक सद्भाव बिथोल्ने कार्यमा सक्रिय रहेको आरोप लगाएका छन्।

बिहीबार इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरको जन्मदिवसको अवसरमा मुस्लिम धर्माबलम्बीहरुद्वारा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री यादवले पछिल्लो समय मधेस प्रदेशका विभिन्न जिल्लाहरुमा सामाजिक सदभाव बिगार्ने गरी क्रियाकलाप हुनुको पछाडि संघीयता नचाहनेहरुको हात रहेको दाबी गरे।

‘सामाजिक सद्भाव बिथोल्ने संघीयता विरोधीहरुबाट सचेत हुनु आवश्यक छ,’ उलने भने, ‘आज प्रदेश सरकारले सार्वजनिक बिदा दिएर संघीयता कायम रहेको कुरा प्रदेशवासीहरुलाई महसुस गराउन खोजेको छ।’

कार्यक्रममा नेकपा एमालेकी नेतृ जुली महतोले पैगम्बर मोहम्मदले जीवन पर्यन्त सामाजिक सद्भाव तथा भाइचाराको सन्देश दिएकाले उनले दखाएको बाटो अनुसरण गर्न आग्रह गरिन्।

प्रकाशित मिति: १९:०२ बजे, बिहीबार, असोज ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्