एमाले बागमती प्रदेश अधिवेशन : मतदात भोलि ८ बजेबाट
मतदान भोलि बिहान ८ बजेबाट सुरु हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए। मतदानका लागि भोलि बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ।(2)1695906430.jpg)
काठमाडौं, असाेज ११ : नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका आज मतदान हुने भनिएको मतदान शुक्रबारका लागि सारिएको छ।
मतदान भोलि बिहान ८ बजेबाट सुरु हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए। मतदानका लागि भोलि बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ।
अझै सहमतिको प्रयास जारी भएको भन्ने आग्रहका आधारमा भोलिसम्मको लागि मतदानको कार्यक्रम स्थगित गरेको उनले बताए। आज राति ९ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ।
अध्यक्षमा उम्मेदवारी दिएका कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल अझै आफ्नो अडानबाट पछि नहटे पछि सहमतिको प्रयास सफल नभएको बताइको छ।

प्रकाशित मिति: १८:५० बजे, बिहीबार, असोज ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











