राजनीतिक स्थायित्वकै लागि सरकारमा छौं : जनमत पार्टी
1695900294.jpg)
काठमाडौं, असाेज ११ : जनमत पार्टीले, यो सरकारको स्थायित्व कै लागि सरकारमा गएको दाबी गरेको छ। बिहीबार पत्रकारहरुसँगको छलफलमा सो पार्टीका प्रवक्ता डाक्टर शरद सिंह यादवले, कसैको पनि बहुमत नभएको अवस्थामा सरकारको स्थायित्वकै लागि यो सरकारलाई सर्मथन गरेको र मन्त्रिपरिषद्मा सहभागि भएको दाबी गरेका हुन्।
पत्रकारसंग उनले भने ‘यो सरकारलाई स्थायित्व प्रदान गर्न हामी चै सरकार भित्र छौं । सरकारलाई सर्मथन गरिरहेका छौं।’
कोशी प्रदेशको जस्तो हालत केन्द्र सरकारको पनि नहोस भन्ने धारणाका साथ आफूहरुले सरकारलाई सर्मथन गरेको उनको जिकिर छ। त्यस्तै उनले २०८४ मा मधेस प्रदेशमा दुई तिहाईको बहुमतको सरकार बनाउने लक्ष्य निधारण गरेको बताए।
आफूूहरुले २०८४मा मधेस प्रदेशमा दुई तिहाई सिट जित्दै बहुमतको सरकार निर्माणको लक्ष्य निर्धारण गरेको उनको भनाई छ।
तपाईहरुको अध्यक्ष चै सरकारमा नजाने भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘हैन त्यो, परिस्थितिले के माग गर्छ भन्ने हो। अहिले पार्टी बन्दै गरेको अवस्थामा हामीले एउटा मिसन ८४ भनेर सुरुवात गरेको अवस्था छ। मिसन ८४ मा के भनेपछि अब आउने दिनमा संगठनको काम गरेर ८४ लाई फोकस गर्ने हो।
८४ मा हाम्रो मिसन भनौ मधेश प्रदेशमा दुई तिहाईको बहुमतको सरकार आफ्नै लुम्बिनी प्रदेशमा आफ्नो सरकार, कोशी प्रदेशमा डिसिजन मेकिङ ठाउँमा जनमतलाई पु¥याउने र संघमा पनि हामी एउटा उल्लेख्य संख्याको सांसद लिएर आएर सरकारमा ठुलो सहभागिता लिएर काम गर्ने भन्ने हाम्रो तयारी हो। त्यसकै लागि अध्यक्ष अहिले नै सरकारमा गएर मन्त्री बन्न चै इच्छुक हुनु हुन्न। ’
त्यस्तै उनले जनमत पार्टीले आम नागरिकसंग गरेका बाचा पुरा गर्ने बाटोमा रहेको बताए।











