Kathmandu Press

कर्णालीलाई विकसित प्रदेश बनाउने गरी काम भइरहेको छ : कार्यवाहक प्रधानमन्त्री खड्का 

सुरुमा एक सय २५ किलोमिटर क्षेत्रमा काम गर्ने गरेर सुरू गरिएको भएपनि अहिले स्थापना गरिएको कार्यालयले डोल्पादेखि सुर्खेतसम्म काम गर्नेछ।  कार्यवाहक प्रधानमन्त्री खड्काले निर्वाचनका क्रममा मतदातासँग गरिएका बाचा पाँच वर्षभित्र पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याए।  
कर्णालीलाई विकसित प्रदेश बनाउने गरी काम भइरहेको छ : कार्यवाहक प्रधानमन्त्री खड्का 

काठमाडौं, असाेज ११ : कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीलाई देशकै विकसित प्रदेश बनाउने गरेर काम भइरहेको बताएका छन्।

बिहीबार भेरी कोरिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको गुर्भाकोट नगरपालिका–९ गुर्भाकोट सुर्खेतमा उद्घाटन गर्दै उनले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका जनताका लागि सिँचाइ, विद्युतीकरण, सडक पूर्वाधारलगायतका सामाजिक सेवा पुर्‍याउने उद्देश्यले सरकारले भेरी किनारमा नयाँ कार्यालय स्थापना गरेको बताए।
कार्यवाहक प्रधानमन्त्री खड्काले आयोजनालाई तीव्रताका साथमा अघि बढाउन निर्देशन समेत दिए। 

सुरुमा एक सय २५ किलोमिटर क्षेत्रमा काम गर्ने गरेर सुरू गरिएको भएपनि अहिले स्थापना गरिएको कार्यालयले डोल्पादेखि सुर्खेतसम्म काम गर्नेछ।  कार्यवाहक प्रधानमन्त्री खड्काले निर्वाचनका क्रममा मतदातासँग गरिएका बाचा पाँच वर्षभित्र पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याए।  

उनले अर्थतन्त्राई चलायमान बनाउन विभिन्न कार्यक्रमहरु सरकारले सञ्चालन गरिरहेको बताउँदै वर्तमान सरकारले विगतको तुलनामा नयाँ आयोजनामा पर्याप्त बजेट विनियोजन गरेको दाबी गरे। 'सरकारले कर्णालीलाई बजेट विनियोजनमा पहिलो प्राथमिकता दिएको छ। आगामी दिनमा कर्णालीको समृद्धिका लागि सरकारले थप पहल गर्छ,' उनले भने
 
प्रकाशित मिति: १६:५७ बजे, बिहीबार, असोज ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्