Kathmandu Press

दुई बुँदे निर्णयप्रति रुष्ट डाक्टरको सडकबाटै प्रश्न : यो राज्यलाई हामी चाहिँन्छ कि चाहिँदैन?’ 

दुई बुँदे निर्णयप्रति रुष्ट डाक्टरको सडकबाटै प्रश्न : यो राज्यलाई हामी चाहिँन्छ कि चाहिँदैन?’ 

काठमाडौं, असाेज ११ : सरकारले गरेको दुई बुँदे निर्णयप्रति असहमति जनाउँदै डाक्टरहरुले विरोधका कार्यक्रमलाई निरन्तरता दिएका छन्।  सेतो कोट लगाएर आज पनि सडकमा उत्रिएका उनीहरुले आक्रमणकारीलाई कडा कारबाही गर्नु पर्ने र आफूहरुको भौतिक सुरक्षा हुनु पर्ने माग गरेका छन्। 

'राज्यलाई डाक्टर चाहिँन्छ कि चाहिँदैन?' उनीहरुको प्रश्न छ। आन्दोलनमा सहभागी डाक्टर निरज अधिकारीले सरकारले आफूहरुको मागलाई बेवास्ता गरेको भन्दै आक्रोश पोखे। उनले भने,‘जसलाई संरक्षण गर्नुपर्ने हो उनीहरुलाई चाँहि ओझेलमा राख्ने उनीहरुको वास्ता गर्न राज्यलाई जरुरी छैन। भोट मात्र चाहिने रहेछ। यो सेतो कोट त पावरमा बस्ने मानिसले गिज्याउने वस्त्र भएको छ।’

चिकित्सकमाथि हातपात हुँदा सरकारले सकारात्मक प्रतिक्रिया नदिएको भन्दै उनले राज्यलाई हामी चाहिन्छ कि चाहिँदैन भन्ने प्रश्न गरे। उनले भने, ‘जुन तरीकारले चिकित्सकमाथि हातपात भएको छ। अभद्र व्यवहार भएको छ। यो भत्र्सनीय छ। आज सरकारले राम्रो प्रतिक्रिया दिएको भए अस्पतालमा बिरामी हेरेर बस्नुपर्ने यहाँ मण्डलमा आएर बस्न जरुरी थिएन। यो राज्यलाई हामी चाहिन्छ कि चाहिँदैन?’ डाक्टरहरूले कुटपिट गर्नेमाथि कारबाही नभएसम्म र निर्धक्कसाथ बिरामीको उपचार गर्न पाउने अवस्था नबनेसम्म आन्दोलन नरोक्ने अडान राखेका छन्।

यसअघि सरकारले देशभरका स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी कानूनी व्यवस्थाको जानकारीमूलक बोर्ड र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधनले गरेको कसुर र दण्ड सजायसम्बन्धी व्यवस्थाहरू सबैले देख्ने गरी राख्ने  र पछिल्लो समय स्वास्थ्यकर्मीमाथि भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाहीका लागि मातहतका निकायमा निर्देशन दिने निर्णय गरेको थियो। तर त्यसप्रति असन्तुष्टि जनाउँदै डाक्टरहरु आन्दोलनलाई निरन्तरता दिएका हुन्। 
 

प्रकाशित मिति: १६:५४ बजे, बिहीबार, असोज ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्