Kathmandu Press

सूचनाको हकलाई पूर्ण समावेशी बनाउन लागिएको छ : प्रमुख सूचना आयुक्त गुरुङ

सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा सूचना आयोग र डिजिटल राइट्स नेपालले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाले सहज रुपमा सूचना प्राप्त गर्ने अधिकारलाई बलियो बनाउन सूचनाको हकलाई पूर्ण समावेशी बनाउन लागेको बताएका हुन्।
सूचनाको हकलाई पूर्ण समावेशी बनाउन लागिएको छ : प्रमुख सूचना आयुक्त गुरुङ

काठमाडाैं, असाेज ११ : साउन राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हकलाई पूर्ण समावेशी बनाउन लागेको बताएका छन्।

सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा सूचना आयोग र डिजिटल राइट्स नेपालले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाले सहज रुपमा सूचना प्राप्त गर्ने अधिकारलाई बलियो बनाउन सूचनाको हकलाई पूर्ण समावेशी बनाउन लागेको बताएका हुन्।

सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि यसलाई पूर्णरुपमा अनलाइनमा लैजाने प्रयासरत रहेको उनले बताए। उनले संघीय निकायमा सूचना दिने अधिकारीको नियुक्ती प्रभावकारी भए पनि प्रदेश र स्थानीय तहमा केहि कम रहेको जानकारी दिए। 

कार्यक्रममा आयोगको सूचना मागकर्ता र सार्वजनिक निकायका लागि सहयोगी पुस्तिका सार्वजनिक गरिएको थियो। सूचना हाम्रो अधिकार : सुशासन र विकासको आधार भन्ने नाराका साथ बिहीबार सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइएको हो।

प्रकाशित मिति: १६:३६ बजे, बिहीबार, असोज ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्