Kathmandu Press

आवासीय चिकित्सकद्वारा वार्ता अस्वीकार

आन्दोलनरत उनीहरुले वार्ताका लागि मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि कुटपिट गर्नेलाई पक्राउ गर्नुपर्ने अडान राख्दै आएका छन्। उपप्रधानमन्त्री एवम् गृहमन्त्री आफैँ वार्तामा बस्ने गरी आवासीय चिकित्सकलाई वोलाइएको थियो।
आवासीय चिकित्सकद्वारा वार्ता अस्वीकार

काठमाडौं, असोज ११ : आन्दोलनरत आवासीय चिकित्सकले गृह मन्त्रालयले बोलाएको वार्तामा बस्न अस्वीकार गरेका छन्। आवासीय चिकित्सकले आफ्ना पूर्वसर्त पूरा नभएसम्म वार्तामा नबस्ने बताएका हुन्। 

आन्दोलनरत उनीहरुले वार्ताका लागि मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि कुटपिट गर्नेलाई पक्राउ गर्नुपर्ने अडान राख्दै आएका छन्। उपप्रधानमन्त्री एवम् गृहमन्त्री आफैँ वार्तामा बस्ने गरी आवासीय चिकित्सकलाई वोलाइएको थियो।

आक्रमणका दोषीलाई कारबाही गर्न गृह मन्त्रालयले प्रतिबद्धता जनाए पनि वार्ताका लागि पहिले दोषीलाई पक्राउ गर्नुपर्ने एकसुत्रीय माग चिकित्सकले राखेका छन्। सरकारले आन्दोलनरत चिकित्सकलाई आ–आफ्नो कार्यक्षेत्रमा फर्किन आग्रह गर्दै आए पनि चिकित्सकको विरोध र आन्दोलन जारी छ। 
 
प्रकाशित मिति: १६:०७ बजे, बिहीबार, असोज ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्