इन्द्रजात्रामय वसन्तपुर [तस्बिरहरू]
इन्द्रजात्राको अवलोकनका लागि काठमाडौं महानगरका मेय बालेनलगायत विभिन्न ओहदाका व्यक्तिका साथै सर्वसाधारण वसन्तपुर पुगेका छन्।![इन्द्रजात्रामय वसन्तपुर [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/indra jatra1695892551.jpg)
काठमाडौं, असोज ११ : वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ।

भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगोे ठड्याएपछि जात्रा सुरु हुन्छ। जात्रा अवधिभर विभिन्न प्रकारका विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरिन्छ। बुधबार कुमारीको सामूहिक पूजा गरिएको थियो। इन्द्रजात्राको अन्तिम दिन असोज १५ गते राति ८ बजेर ३७ मिनेटको साइतमा लिंगाे ढालेपछि जात्रा समाप्त हुन्छ।
 (1)1695891089.jpeg)
इन्द्रजात्राको अवलोकनका लागि काठमाडौं महानगरका मेय बालेनलगायत विभिन्न ओहदाका व्यक्तिका साथै सर्वसाधारण वसन्तपुर पुगेका छन्। इन्द्र जात्रा अवलोकनका लागि चीनको नान्जिङका साथै छेन्दु र झान्झाउ नगरपालिका, सियान सिटी तथा अमेरिकाको फेडरिसवर्ग सिटीबाट पनि पाहुनाहरु काठमाडौं आएका छन्।
 (1)1695891093.jpeg)
1695891092.jpeg)
1695891092.jpeg)
1695891091.jpeg)
1695891091.jpeg)
 (1)1695891090.jpeg)
1695891090.jpeg)
 (1)1695891089.jpeg)
 (1)1695891088.jpeg)
 (1)1695891088.jpeg)
1695891087.jpeg)
 (1)1695891087.jpeg)











