मानसराेवरमा प्रचण्ड [तस्बिरहरू]
चीनको साताव्यापी औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड बुधबार तिब्बतको ल्हासा पुगेका थिए।![मानसराेवरमा प्रचण्ड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/prachanda Mansarobar1695889481.jpg)
काठमाडाैं, असाेज ११ : चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुषपकमल दाहाल 'प्रचण्ड' आज (बिहीबार) तिब्बतस्थित प्रसिध्द धार्मिक तीर्थस्थल मानसरोवर पुगेका छन्।
चीनको साताव्यापी औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड बुधबार तिब्बतको ल्हासा पुगेका थिए। कैलाश पर्वतको भ्रमणका लागि उनी आज बिहान ल्हासाको गंगा विमानस्थल पुगेका थिए ।
कैलाश पर्वत र मानसरोवरको भ्रमणका क्रममा उनका साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि थिए। उनी शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन्। राष्ट्रसंघकाे महासभामा भाग लिएर उनी न्युयाेर्कबाट सिधै चीनकाे हाङचउ पुगेका थिए।
1695889219.jpg)
तस्बिर : प्रदीपराज वन्त
प्रकाशित मिति: १४:०१ बजे, बिहीबार, असोज ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











