Kathmandu Press

कालोपट्टी बाँधेर शिक्षककाे विराेध प्रदर्शन

महासंघसँगको सहमतिमा आफुहरुको माग प्रति सरकारले कुनै सुनुवाइ नगरेको भन्दै राहत शिक्षक, पेन्सन वञ्चित शिक्षक, उमावि अनुदान शिक्षक, अस्थायी करार बाल विकास शिक्षक कर्मचारी तथा कार्यालय सहयोगीहरुले कालो पट्टी बाँधेर प्रदर्शन गरेका हुन्।
कालोपट्टी बाँधेर शिक्षककाे विराेध प्रदर्शन

काठमाडाैं,  असाेज ११ : सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत, बालबिकास लगायतका शिक्षकहरुले बिहीबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।

महासंघसँगको सहमतिमा आफुहरुको माग प्रति सरकारले कुनै सुनुवाइ नगरेको भन्दै राहत शिक्षक, पेन्सन वञ्चित शिक्षक, उमावि अनुदान शिक्षक, अस्थायी करार बाल विकास शिक्षक कर्मचारी तथा कार्यालय सहयोगीहरुले कालो पट्टी बाँधेर प्रदर्शन गरेका हुन्। उनीहरुले काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म विरोध र्याली निकालेका छन् ।

शिक्षकहरुको विरोधका कारण बिहीबार पनि सो क्षेत्रको यातायात अस्तव्यस्त भएको छ। उनीहरुले विद्यालय शिक्षा सम्बन्धी विधेयकको विरोध गरेका छन्।

राहत शिक्षकले शत प्रतिशत आन्तरिक प्रतिस्पर्धामा भाग लिन पाउनुपर्ने र बालविकास शिक्षकहरुले बालविकास केन्द्र विद्यालय संरचनाभित्र ल्याउनुपर्ने, बालविकास शिक्षक दरबन्दीको व्यवस्था हुनुपर्ने, बालविकास शिक्षकलाई आधारभूत तह शिक्षकसरह तलब हुनुपर्ने लगायतका माग राखेका छन् । 

प्रकाशित मिति: १३:४९ बजे, बिहीबार, असोज ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्