Kathmandu Press

आज पनि सडकमा चिकित्सक (तस्बिरहरू)

चितवन, पोखरालगायत स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरु आन्दोलित भएका हुन्।
आज पनि सडकमा चिकित्सक (तस्बिरहरू)

काठमाडाैं, असाेज ११ : सुरक्षाकाे माग राखेर चिकित्सहरुले बिहीबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। आफूहरुमाथि पटक पटक आक्रमण हुँदा पनि सरकारले सुरक्षा प्रदान गर्न नसकेको भन्दै उनीहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्। चितवन, पोखरालगायत स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरु आन्दोलित भएका हुन्।

Photos (1)1695885465.jpeg

मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा पनि राज्यले सुरक्षा प्रदान गर्न नसकेको भन्दै उनीहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्।आफ्नो ज्ञान विवेक प्रयोग गरेको उपचार गर्दा पनि चिकित्सकमाथि लगातार आक्रमण भएको र सुरक्षाको प्रत्याभूति नभएकाले बाध्य भएर उपचार सेवा छाडेर आन्दोलनमा आउनुपरेको उनीहरुको भनाइ छ।

Photos (4)1695885413.jpeg

प्रदर्शनका क्रममा उनीहरुले स्वास्थ्यकर्मी कुट्न पाइँदैन, शान्ति सुरक्षा कायम गर लगायत नारा लगाएका थिए । देशका सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधन सहित) ले गरेको कसूर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था लागू गर्नुपर्ने उनीहरुको माग छ।

Photos (3)1695885461.jpeg

यस्तै गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ ।मन्त्रालयले उल्लिखित घटनामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न देखिएका दोषीलाई प्रशासनिक एवं कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यस्तै पछिल्लो समयमा देशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका दुव्यवहारका घटनामा संलग्न देखिएका दोषीलाई कानून बमोजिम कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिने निर्णय पनि भएको मन्त्रालयले जनाएको छ ।

 

 

Photos (5)1695885462.jpeg

 

Photos (2)1695885408.jpeg

 

Photos (6)1695885458.jpeg

Photos (8)1695885458.jpeg

 

 

प्रकाशित मिति: १२:५३ बजे, बिहीबार, असोज ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्