Kathmandu Press

एनआरएनएको अध्यक्षमा आरके शर्माले उम्मेदवारी घोषणा

कतारको राजधानी दोहास्थित र्‍याडिसन ब्लु होटलमा बुधबार उम्मेद्वार घोषणा सभा कार्यक्रम गरी अध्यक्षका प्रत्यासी शर्माले आफ्ना २४ बुँदे बाचापत्र सार्वजनिक गरेका हुन्।
एनआरएनएको अध्यक्षमा आरके शर्माले उम्मेदवारी घोषणा

काठमाडौं, असोज ११ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५)  को अध्यक्ष पदमा आरके शर्माले उम्मेदवारी घोषणा गरेका छन्। 

कतारको राजधानी दोहास्थित र्‍याडिसन ब्लु होटलमा बुधबार उम्मेद्वार घोषणा सभा कार्यक्रम गरी अध्यक्षका प्रत्यासी शर्माले आफ्ना २४ बुँदे बाचापत्र सार्वजनिक गरेका हुन्।

“गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान” भन्ने मुल नारा समेटेर शर्माले २ बर्षे कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर बाचापत्र सार्वजनिक गरे।

शर्मा एनआरएनएका वर्तमान उपाध्यक्ष हुन्। नेतृत्वका लागि समर्थन जुटाउन उनले जापान, दक्षिण कोरिया, हङकङ, अमेरिका र क्यानडाको भ्रमण गरेका थिए। 

सांगठनिक पुनर्संरचनादेखि एनआरएनएका सरोकारका विषय समेटिएका वाचापत्र विश्वका विभिन्न देशमा गैरआवसीय नेपालीहरूको सल्लाह सुझावका आधारमा तयार गरिएको उनले बताए। 

अक्टोबर १७ देखि काठमाडौंमा हुने ११ औं महाधिवेशनले  एनआरएनएको नयाँ  नेतृत्व चयन गर्दैछ। 

प्रकाशित मिति: ०९:०१ बजे, बिहीबार, असोज ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्