Kathmandu Press

विकासमा नाममा गाउँ गाउँ बाटो पुर्याउने होडबाजी रोक्नुपर्छ : मन्त्री किराती

पर्यटनको विकास ५ वर्षमा निकै नै राम्रो गर्न सकिने तर आफ्नो कुरा कसैले नसुनेको उनको भनाइ छ। आफू भनेको कसैले नबुझ्दा झगडा परिरहेको बताए।
विकासमा नाममा गाउँ गाउँ बाटो पुर्याउने होडबाजी रोक्नुपर्छ : मन्त्री किराती

काठमाडौं, असोज १० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विकासका नाममा गाउँ गाउँमा बाटो पुर्याउने होडबाजीलाई नियन्त्रण गर्नुपर्ने बताएका छन्। बुधबार ४४ औं पर्यटन दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘विकासको नाममा गाउँगाउँमा बाटो पुर्याउने होडबाजीलाई नियन्त्रण गर्नुपर्छ,’ उनले भने, ‘योजनाबद्ध ढंगले काम गर्ने हो, हाम्रो काम रंग न ढंगको छ। हाम्रो न पुँजी न प्रविधि त्यसैले हामी पछि परेको पर्यै छौं।’

उनले देशलाई समयमै बुझ्न सक्नुपर्ने बताएका छन् । पर्यटनको विकास ५ वर्षमा निकै नै राम्रो गर्न सकिने तर आफ्नो कुरा कसैले नसुनेको उनको भनाइ छ। आफू भनेको कसैले नबुझ्दा झगडा परिरहेको बताए।

मन्त्री किरातीले र्यटन क्षेत्रलाई अगाडि बढाउन अफसिजनलाई पनि ब्रान्डिङ गर्न सकिने तर नेपालमा अफसिजन भनेर झिङगा मारेर बस्ने गरेको बताए। नेपालमा एउटा व्यवसायीले एउटा व्यवसाय दर्ता गर्न ७ वटा मन्त्रालय २२ वटा विभाग २ सयवटा टेवलमा जानुपर्ने प्रवृत्ति भएको उनले बताए।

 

प्रकाशित मिति: २०:४० बजे, बुधबार, असोज १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्