Kathmandu Press

प्रधानमन्त्री दाहालले अवलोकन गरे पोटाला दरबार र जोखाङ मन्दिर

बुधबार दिउँसो चीनको स्वशासित क्षेत्र तिब्बत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले ल्हासास्थित ऐतिहासिक पोताला दरबार र जोखाङ मन्दिरको अवलोकन गरेका छन्।
प्रधानमन्त्री दाहालले अवलोकन गरे पोटाला दरबार र जोखाङ मन्दिर

असोज असोज १० : बुधबार दिउँसो चीनको स्वशासित क्षेत्र तिब्बत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले ल्हासास्थित ऐतिहासिक पोताला दरबार र जोखाङ मन्दिरको अवलोकन गरेका छन्।

समुन्द्री सतहबाट करिब तीन हजार आठ सय मिटरको उचाइमा रहेको पोताला दरबारलाई संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले सन् १९९४ मा विश्व सांस्कृतिक सम्पदाको सूचीमा सूचिकृत गरेको थियो।

पोताला दरबारको भ्रमण गर्दा प्रधानमन्त्री दाहाललाई त्यहाँका अधिकारीहरूले दरबारका बारेमा जानकारी गराएका थिए।

प्रधानमन्त्री दाहालले पोताला दरबारको नजिकै रहेको जोखाङ मन्दिरको पनि अवलोकन भ्रमण गरे । जोखाङ मन्दिरलाई पनि युनेस्कोले सन १९९४ मा विश्व सांस्कृतिक सम्पदाको सूचीमा सूचिकृत गरेको छ।  

यो मन्दिर सोङचङ गम्पोले राजकुमारी वेनचेङ र नेपाली राजकुमारी भृकुटीका लागि सातौं शताब्दीको मध्य समयतिर बनाएका थिए।

 

प्रकाशित मिति: २०:५७ बजे, बुधबार, असोज १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्