Kathmandu Press

‘चीन भ्रमण आशा गरेभन्दा धेरै सफल भयाे’

आफूले लगातार भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेका बेला भ्रमण सफलताका साथ सम्पन्न भएको र आशा गरेभन्दा राम्रो भएको प्रधानमन्त्री दहालले बताए।
‘चीन भ्रमण आशा गरेभन्दा धेरै सफल भयाे’

काठमाडौं, असोज १० : प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण आशा गरेभन्दा पनि धेरै सफल भएको बताएका छन्।

तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले बुधबरा दिउँसो आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दहालले आफूले लगातार भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेका बेला भ्रमण सफलताका साथ सम्पन्न भएको र आशा गरेभन्दा राम्रो भएको बताए।

राष्ट्रिपति सि जिन पिङ, प्रधानमन्त्री लि छ्याङसँग सौहार्दपूर्ण छलफल बताएको बताउँदै उनले नेपालको हितमा विभिन्न समझदारीहरू गर्नुले चीनले नेपाललाई विशेष महत्वका साथ हेरेको पुष्टी भएको बताए।

भ्रमणका क्रममा नेपाल र चीनबीचका विगतमा बन्द भएका सबै नाका सञ्चालन गर्ने, परम्परादेखि पासका रुपमा चल्दै आएका साना नाकाहरु पनि सबै सञ्चालन गर्ने सहमति भएको प्रधानमन्त्री दाहाल उल्लेन गरे।

प्रधानमन्त्री दाहालले विगतमा सञ्चालन भएका प्रायः सबै नाकाहरु खुलिसकेका र बाँकी रहेका साना ठूला सबै नाकाहरु छिट्टै खुल्ने बताए। उनले नेपाल र चीनबीचका सबै नाकाहरु खुलेपछि नेपाल चीनको व्यापार व्यवशायका क्षेत्रमा नयाँ फड्को मार्ने उल्लेख गरे।

 

प्रकाशित मिति: १८:२४ बजे, बुधबार, असोज १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्