Kathmandu Press

संविधान संशोधन नगरी शिक्षकका माग पूरा गर्न सकिन्छ : लेखक

उनले संविधान संशोधन नगरी पनि शिक्षा विधेयक संशोधन गर्न सकिने भन्दै त्यसबारे छलफल गरी सदनमा लाने बताए।
संविधान संशोधन नगरी शिक्षकका माग पूरा गर्न सकिन्छ : लेखक

काठमाडौं, असोज १० : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधन नगरी पनि शिक्षा विधेयक संशोधन गर्न सकिने बताएका छन् ।

बुधबार बसेको पार्टीको संसदीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधान संशोधन नगरी पनि शिक्षा विधेयक संशोधन गर्न सकिने भन्दै त्यसबारे छलफल गरी सदनमा लाने बताए।
 
‘सबै कुरामा संविधान नै संशोधन गर्नुपर्छ भन्ने छैन । संविधान संशोधन नगरेर पनि पूरा गर्न सकिन्छ । शिक्षकका मागहरु पुरा गर्न सकिन्छ,’ उनले भने, ‘त्यसबारे छलफल गरेर हामी सदनमा लान्छौ।’

उनले एमालेले महिनौं संसद अवरोध गर्नाले दर्ता गरेका विधेयक समेत अगाडि बढ्न नपाएको टिप्पणी गरे।

 

प्रकाशित मिति: १८:०४ बजे, बुधबार, असोज १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्