कर्मचारीहरुलाई कार्यालय सुरू हुनुअघि १५ मिनेट योग गर्न गृहकाे निर्देशन
मन्त्रालयले परिपत्र जारी गरेरै हरेक दिन बिहान कार्यालय समय सुरु भएपछि १५ मिनेट योग अभ्यास गर्न निर्देशन दिएको हो।
काठमाडौं, असोज १० : गृह मन्त्रालयले आफ्ना कर्मचारीहरुलाई १५ मिनेट योग अभ्यास गर्न निर्देशन दिएके छ।
मन्त्रालयले परिपत्र जारी गरेरै हरेक दिन बिहान कार्यालय समय सुरु भएपछि १५ मिनेट योग अभ्यास गर्न निर्देशन दिएको हो।
मन्त्रालयले परिपत्रमार्फत महाशाखाहरु अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा १५ मिनेट योग अभ्यास गरिसक्न निर्देशन दिएको हो।
योगअभ्यास र ध्यान गरेर मात्र आफ्नो कार्य जिम्मेवारीअनुसार काम सुरु गर्न मन्त्रालयले निर्देशन दिएको हो। मन्त्रायल, विभाग र उपत्यकाभित्रका कार्यालयहरुका लागि एक दिवसीय ध्यान विज्ञान कार्यक्रम सञ्चालन भइसकेको।
अन्य कर्मचारीहरुका लागि पनि यस्तो कार्यक्रम सञ्चालन हुन लागेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १७:०६ बजे, बुधबार, असोज १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











