Kathmandu Press

निषेधित क्षेत्र तोड्न खोज्दा शिक्षक र प्रहरीबीच घम्साघम्सी 

निषेधित क्षेत्र तोड्न खोज्दा शिक्षक र प्रहरीबीच घम्साघम्सी 

Photos (4)1695812338.jpgकाठमाडौं, असोज १० : सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरु सुनुवाइ नभएको भन्दै राहत शिक्षकहरुले निरन्तर आन्दोलन गरिरहेका छन्। यसक्रममा आज निषेधित क्षेत्र तोड्न खोज्दा केहीबेर शिक्षक र प्रहरीबीच घम्साघम्सी भएकाे छ।काठमाडौंको बिजुलीबजारिस्थत सडककाे बीचमै धर्नामा बसेका राहत शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोजेका थिए। साेही बेला प्रहरीले हस्तक्षेप गरेपछि घम्साघम्सी भएको थियो।

Photos (1)1695812338.jpg

 प्रहरीले केही शिक्षकलाई लछारपछार पारेर लाठी प्रहारसमेत गरेको थियाे। आफूहरुको माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनीहरुले जनाएका छन्। सरकारले शिक्षक महासंघसँग गरेको सहमतिमा आफ्नो मागको कुनै सुनुवाइ नभएको भन्दै राहत शिक्षकहरुले आइतबार थालेकाे बेग्लै आन्दोलन बुधबार पनि राेकिएन। राहत शिक्षककाे आन्दोलनलाई नेपाल बाल विकास शिक्षक केन्द्रीय समिति, पेन्सन वञ्चित शिक्षक केन्द्रीय संघर्ष समिति, हिस्टुन र सामुदायिक विद्यालय कर्मचारी संघले पनि साथ दिएकाे छ।

Photos (3)1695812320.jpg

संयुक्त रुपमा आन्दोलन गर्दै आफ्ना मागका बारेमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए पनि सरकार भने अहिलेसम्म कानमा तेल हालेर बसेकाे छ। महासंघसँग ६ बुँदे सहमति गरेर ढुक्क देखिएकाे सरकार भने राहतलगायत शिक्षक र कर्मचारीहरूकाे आन्दोलनप्रति बेखबरजस्तै देखिएकाे छ। २०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागकाे सरकारले सुनुवाइ नगरेको आन्दोलनरत शिक्षकहरुको भनाइ छ।

 

प्रकाशित मिति: १६:२४ बजे, बुधबार, असोज १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्