Kathmandu Press

शैलुङमा चौंरीसँग बास बस्ने माैका

याक तथा चौँरी पर्यटन विकास कार्यक्रमअन्तर्गत आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन आउने पाहुनाको लागि शैलुङ डाँडामा टेन्ट राखेर बसाइको व्यवस्था मिलाइएको छ।
शैलुङमा चौंरीसँग बास बस्ने माैका

रामेछाप, असाेज १० : रामेछापको ऐतिहासिक पर्यटकीय क्षेत्र शैलुङमा बिहीबारबाट हुने लागेको चौँरीसँग जंगली बसाई कार्यक्रमको तयारी पूरा भएको छ। याक तथा चौँरी पर्यटन विकास कार्यक्रमअन्तर्गत आयोजना हुन लागेको कार्यक्रममा सहभागी हुन आउने पाहुनाको लागि शैलुङ डाँडामा टेन्ट राखेर बसाइको व्यवस्था मिलाइएको छ। रामेछाप र दोलखाको सिमानामा रहेको शैलुङ प्राकृतिक हिसाबले अत्यन्त मनोरम छ। धार्मिक हिसाबले पनि सो ठाउँलाई हिन्दु र बौद्ध धर्मावलम्बीको पवित्र भूमि मानिन्छ।

Sailung 41695809067.jpg

 

शैलुङ खोलाखर्क होमस्टे बजार तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष दावासङ्बु शेर्पाले कार्यक्रमका सहभागी हुन बिहीबार साँझ पाहुनाहरू शैलुङ आइपुग्ने बताए। बिहीबारबाट उनीहरूको बसाइ शैलुङमा टेन्टमुनि हुने छ। टेन्टमा नै आवास, स्वास्थ्य सेवा लगायतका सम्पूर्ण सेवा प्रदान गर्ने गरी व्यवस्था मिलाइएको छ। स्पार्क एडभेञ्चर काठमडौंको आयोजनामा हुन लागेको कार्यक्रमको सहजीकरण शैलुङ खोलाखर्क चौँरीपालक कृषक समूह दोरम्बा शैलुङले र व्यवस्थापनको काम शैलुङ खोलाखर्क होमस्टे बजार तथा पर्यटन प्रवर्द्धन समितिले गरेको छ। 

Sailung -11695808924.jpg

चौँरीसँग जंगली बसाई कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका अफिसर, चिकित्सक, पाइलट, इन्जिनियर, प्राध्यापक, खेलाडी र खेलसम्बद्ध पदाधिकारी, कूटनीतित्रहरु, कर्पोरेटस्, सञ्चारकर्मी, संगीतकार, लेखक, व्युरोक्राट्स, कलाकार लगायतको सहभागिता हुने शेर्पाले जानकारी दिए। यसबाहेक सेवा क्षेत्रका स्थानीयको पनि कार्यक्रममा सहभागिता हुने छ।  कार्यक्रममा काठमाडौंबाट २ सय ५० बढी पाहुनाहरू आउने तय भएको उनले बताए।

Sailing-91695808922.jpg

पाहुनाहरू तीन दिनसम्म शैलुङको जङ्गलका चौँरी गोठमा घुम्ने र रमाउनुको साथै शैलुङमा बास बस्ने छन्। शेर्पाका अनुसार असोज ११ गते पाहुनाहरू शैलुङ पुग्ने छन्। त्यहाँ उनीहरूलाई स्वागत गरिने छ। असोज १२ गते परिचयात्मक कार्यक्रम एवं घुमफिर र मनोरञ्जन कार्यक्रम हुने छ। १३ गते औपचारिक रूपमा समापन कार्यक्रम हुने छ। शैलुङको पर्यटन विकास र प्रवर्द्धनका लागि कार्यक्रम आयोजना गरिएको शेर्पाले बताए।  शैलुङसम्म यातायात साधन पुग्न लागेपछि केही वर्षयताबाट शैलुङ घुम्न आउने पर्यटकको सङ्या बढ्न लागेको छ। प्रचारको कमीले अझै पनि शैलुङमा सोचे अनुसार पर्यटक आउन सकेका छैनन्। 

Sailung-81695808940.jpg

Sailing-31695808922.jpg

Sailing-91695808922.jpg

Sailing jpg-61695808921.jpg

Sailung-51695808920.jpg

Sailung-71695808920.jpg

 

Sailung 41695809067.jpg

प्रकाशित मिति: १५:४१ बजे, बुधबार, असोज १०, २०८०
NTCNTC
प्रतिक्रिया दिनुहोस्