नवनियुक्त चार राजदूतले लिए शपथ
राष्ट्रपति कार्यालय शितल निवासमा आज आयोजित समारोहमा सुधीर भट्टराई (फ्रान्स), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स), घनश्याम लम्साल कुवेत र रामप्रसाद सुवेदी (स्विट्जरल्याण्ड)ले शपथ लिनुभएको हो।
काठमाडौं, असोज १० : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार मुलुकका लागि नियुक्त नेपाली राजदूतहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति कार्यालय शितल निवासमा आज आयोजित समारोहमा सुधीर भट्टराई (फ्रान्स), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स), घनश्याम लम्साल कुवेत र रामप्रसाद सुवेदी (स्विट्जरल्याण्ड)ले शपथ लिनुभएको हो।
सो अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मिति: १५:३४ बजे, बुधबार, असोज १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार