शिक्षा विधेयककाे विराेधमा आज पनि राहत शिक्षककाे प्रदर्शन

काठमाडौं, असोज १० : नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सहमतिप्रति असहमति जनाउँदै छुट्टै आन्दोलन थालेयता चौथो दिनमा पनि राहत शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिएका छन्।
विद्यालय शिक्षा विधेयक आफूहरूको माग सम्बोधन हुनुपर्ने भन्दै आन्दोलन गरिरहेका राहत शिक्षकहरुले काठमाडौंको माइतीघरमा भेला भएर प्रदर्शन जारी राखेका हुन्।
नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा आन्दोलन भइरहेको छ। बिजुलीबजार पुलनेर मुख्य सडकमा धर्ना दिँदै उनहरूले नाराबाजी गरेका छन्।
सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग सम्बोधन नभएको राहत शिक्षकहरुको भनाइ छ।
उनीले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन्। सहमतिप्रति चित्त बुझाएका शिक्षकहरू भने शिक्षण कार्यमा फर्किसकेका छन्।
प्रकाशित मिति: १३:२२ बजे, बुधबार, असोज १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











