Kathmandu Press

वसन्तपुरमा कुमारी पूजा [तस्बिहरू]

‘दशैको महानवमीमा हो त्यो कुमारी बनाउने र यो फरक कुरा हो। यो पुजा बेग्लै तरिकाले गरिन्छ। बच्चाको रोगहरू नष्ट गर्ने विश्वासले यो पुजा गरिन्छ।’
वसन्तपुरमा कुमारी पूजा [तस्बिहरू]

काठमाडौं, असाेज १० : इन्द्रजात्राको अघिल्लो दिन आज वसन्तपुरमा कुमारीहरूको पुजा गरिएको छ। नेवारी समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पुजा गर्ने प्रचलन छ। तर यो पुजा रोयल कुमारीको भने नभएको र ५०५ कन्या कुमारी पूजा भएको राजन महर्जनले जानकारी दिए।

Kumari On Basantapur (8)1695798395.jpg
 
उनले भने, ‘दशैको महानवमीमा हो त्यो कुमारी बनाउने र यो फरक कुरा हो। यो पुजा बेग्लै तरिकाले गरिन्छ। बच्चाको रोगहरू नष्ट गर्ने विश्वासले यो पुजा गरिन्छ।’ उनले आजै पुजा गर्नुपर्ने मुख्य कारण गणेश भौरव कुमारीको पुजा गर्ने प्रचलन रहेकाले सोहीअनुसार  बच्चाहरू ले शक्ति प्राप्त होस् भनेर ५०५ कन्या कुमारी पुजा गरिरहेको बताए। 

Kumari On Basantapur (4)1695798381.jpg

उनले भने, ‘इन्द्रजात्राको अवसरमा सुरुवात भएको दास्रो दिनमा यो कुमारी पुजा गरिन्छ। विगत २२ वर्ष देखि हामीले सूर्यकुमारी पुजा गर्दै आएको छौं। आज गर्नुपर्ने मुख्य कारण गणेश भौरव कुमारीको पुजा गर्ने प्रचलन छ। सोही अनुसार राज्यको तर्फबाट गणेश भौरव कुमारीलाई पुजा गरेर शक्ति प्रदान गर्छन्। त्यही फल स्वरुप अहिलेका बालिककाहरूले शक्ति प्राप्त होस् भनेर ५०५ कन्या कुमारी पुजा गरिरहेका छौं।’ 

Kumari On Basantapur (3)1695798381.jpg

भोलिदेखि सुरु हुने इन्द्रजात्राका लागि मंगलबार बिहान लिंगाे उठाइएको थियो। वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्र ध्वजोत्थान बुधबार बिहान गरिएको हाे।

Kumari On Basantapur (2)1695798379.jpg

Kumari On Basantapur (1)1695798379.jpg

Photo (1)1695798377.jpg

Kumari On Basantapur (6)1695798376.jpg

Kumari On Basantapur (5)1695798376.jpg

kumari1695798354.jpg

 

प्रकाशित मिति: १२:३७ बजे, बुधबार, असोज १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्