एमालेको कर्णाली अधिवेशन आजबाट
अध्यक्ष केपी शर्मा ओलीले सुर्खेतको सिटी हलमा हुने अधिवेशनको उद्घाटन गर्ने छन् । अधिवेशनमा ६०४ प्रतिनिधिले भाग लिनेछन् ।
काठमाडौं, असोज १० : नेकपा (एमाले) को कर्णाली प्रदेशको अधिवेशन आजबाट सुरु हुँदै छ । अध्यक्ष केपी शर्मा ओलीले सुर्खेतको सिटी हलमा हुने अधिवेशनको उद्घाटन गर्ने छन् ।
अधिवेशनमा ६०४ प्रतिनिधिले भाग लिनेछन् । जसमा सुर्खेतबाट ११२, जाजरकोटबाट ७५, दैलेखबाट ७४, कालिकोटबाट ६५, हुम्लाबाट ४८, जुम्लाबाट ४८, डोल्पाबाट ३९, मुगुबाट ३३, रुकुमपश्चिमबाट २३ गरी ५५४ प्रतिनिधि छानिएका छन् । त्यस्तै, २२ वटा मोर्चा संगठनका ५० जनाको प्रतिनिधित्व रहनेछ ।
अधिवेशनले पाँचजना पदाधिकारीसहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्ने छ ।
पार्टीका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले कमिटी सर्वसम्मत होस् भन्ने चाहेको बताएका छन् । सर्वसम्मत नभए निर्वाचन हुने र त्यसमा प्यानल भने बनाउन नपाइने उनले बताएका छन् ।
प्रकाशित मिति: ०८:०८ बजे, बुधबार, असोज १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











