Kathmandu Press

सार्वजनिक सेवा प्रसारण संस्था राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्छ : सांसद श्रेष्ठ

प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानूनलाई सशोधान र एकीकरण गर्न बनेको विधेयकमाथि भएको छलफलमा उनले यस्तो बताएकी हुन्।
सार्वजनिक सेवा प्रसारण संस्था राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्छ : सांसद श्रेष्ठ

काठमाडौं, असोज ९ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सार्वजनिक सेवा प्रसारण संस्थालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने बताएकी छन्। उनले सूचनाको पहुँच विस्तार गरी जनमत बढाउन साझा संस्थाका रुपमा त्यस्ता संसथालाई अघि बढाउनु पर्ने बताइन्।

प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानूनलाई सशोधान र एकीकरण गर्न बनेको विधेयकमाथि भएको छलफलमा उनले यस्तो बताएकी हुन्।

‘सार्वजनिक सेवा प्रसारण संस्थालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्छ साथै सूचनाको पहुँच विस्तार गरी जनमत बढाउन साझा संस्थाका रुपमा अघि बढाउनुपर्छ,’ उनले भने ‘कुन सूचना आधिकारिक हो भन्नका लागि सरकार मातहत एउटा सार्वजनिक प्रसारण सेवा आवश्यक छ।’

उनले पत्रकारिता बहुपक्षीय र निष्पक्ष हुन जरुरी रहेको पनि बताइन्। समिति सदस्यहरुले अझै पनि धेरै नागरिक सूचनाको पहुँचबाट टाढै रहेकाले पहुँच विस्तारसगै स्वच्छ, स्वतन्त्र र निष्पक्ष सूचना प्रवाह सुनिश्चित गर्नु पर्ने बताइन्।

३० वटा दफा रहेको उक्त विधेयकमा सार्वजनिक सेवा प्रसारण संस्थाको कोषमा संघ, प्रदेश र स्थानीय तहबाट प्राप्त अनुदान, विदेशी सरकार वा विदेशी संघ संस्थाबाट प्राप्त हुने र संस्थाको आम्दानीबाट प्राप्त रकम जम्मा हुने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ।

सार्वजनिक सरोकार र नागरिकका आवश्यकता अनुसारको विषयमा कार्यक्रम उत्पादन र प्रसारण, नागरिकको सूचनाको हक प्रचलन गराउन मुलुकका सबै भूभागमा प्रसारणको पहुँच पुर्याउने पनि संस्थाको जिम्मेवारी भएको विधेयकमा उल्लेख छ।

 

प्रकाशित मिति: २०:३४ बजे, मंगलबार, असोज ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्