गरिमा, पूर्विशा र सपनिमलाई मिस्टर एण्ड मिस लिटल नेवा काभ्रेको उपाधि
नेवारी समुदायको कला संस्कृति र संस्कारको जर्गेणा गर्नको लागि मिस्टर एण्ड मिस लिटल नेवा काभ्रेको आयोजना गरिएको कार्यक्रम व्यवस्थापक रामेश्वरी मानन्धरले जानकारी दिइन्।
काभ्रे, असोज ९ : मिस्टर एण्ड मिस लिटल नेवा काभ्रेको उपाधि गरिमा प्रधान, पूर्विसा श्रेष्ठ र सपनिम शाक्यले पाएका छन्।
हलिं नेवाः गुठी काभ्रे मिसा कचाले आयोजन गरेको मिस्टर एण्ड मिस लिटल नेवा काभ्रे जुनियर र सिनयर गरी तीन समूहमा विभाजन गरिएको थियो।
गर्ल्स सिनियरतर्फ पूर्विसा श्रेष्ठ विजेता भइन् भने कृष्मा शाही फस्ट रनर अप र रिजा शिल्पकार सेकेण्ड रनर अप भएकी छिन्। त्यस्तै गर्ल्स जुनियरतर्फ गरिमा प्रधान विजयी भएकी छिन् भने प्रयश्ना मानन्धर फस्ट रनर अप र जियना मानन्धर सेकेण्ड रनर अप भएइन्।
मिस्टर एण्ड मिस लिटल नेवा काभ्रे बोइजतर्फ सपनिम शाक्य विजेता भएका छन् भने समर्थ स्याउलाले फस्ट रनर अपको उपाधि हासिल गरेका छन् भने हृदयमणि योगल श्रेष्ठले सेकेण्ड रनर अपको उपाधि पाएका छन्।

मिस्टर एण्ड मिस लिटल नेवा काभ्रेका विजेतालाई नगद रु।२५ हजार र पुरस्कारहरु र फस्टर र सेकेण्ड रनर अप उपाधि हासिल गर्नेलाई मेडल, प्रमाण–पत्र तथा विभिन्न पुरस्कारहरु वितरण गरिएको मिस्टर एण्ड मिस लिटल नेवा काभ्रे कार्यक्रमकी अध्यक्ष विनु कर्मचार्यले जानकारी दिइन्।
मिस नेपाल अर्थ २०२२ की डा.सरिसा श्रेष्ठ, मिस्टर नेपाल २०२३ का सेकेण्ड रनर अप कृशल श्रेष्ठ, मिस काभ्रे २०१४ की श्रृष्टि माकाजु, मिस ग्लाम इन्टरनेश्नलकी इरिना श्रेष्ठ, नारी म्यागेजिनकी श्रृजना दुवाल, इन्द्र नारायण भैल मिस्टर एण्ड मिस लिटल नेवा काभ्रेको निर्णायक थिए।
नेवारी समुदायको कला संस्कृति र संस्कारको जर्गेणा गर्नको लागि मिस्टर एण्ड मिस लिटल नेवा काभ्रेको आयोजना गरिएको कार्यक्रम व्यवस्थापक रामेश्वरी मानन्धरले जानकारी दिइन्। यस्ता कार्यक्रमले बालबालिकाहरुले आफ्नो कला संस्कृतिको जानकारी प्राप्त गर्ने उनले बताइन्।









-1783580717.jpeg)

