‘शताब्दी पुरुष डा. दासलाई सरकारले सम्मान गर्छ’
उनले राष्ट्रको विविधतालाई स्वीकार गर्दै मुलुकमा छरिएर रहेका विभिन्न जातजाति, भाषाभाषी, वर्ग, क्षेत्र, लिङ्ग र समुदायको आर्थिक, सामजिक र सांस्कृतिक उन्नयनको लागिसरकार दत्तचित्त रहेको बताए।
काठमाडौं, असोज ९ : कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले दिव्य शताब्दी पुरुष डा. गौरीशंकरलाल दासलाई सरकारले सम्मान गर्ने प्रतिबद्धता जनाएका छन्।
मंगलबार दिव्य शताब्दी पुरुष डा. दासलाई नागरिक अभिनन्दन गर्दै उनले मूल परामर्श समितिसँग समन्वय गरी सम्मान गर्न मन्त्रिपरिषद्बाट आवश्यक निर्णय गरिने बताए।
‘देश, जनता र समाजको सर्वाङ्गीण विकासका लागि योगदान पु¥याउने अग्रणी व्यक्तित्वहरुलाई सम्मान गर्न सरकार सदैव तत्पर छ,’ उनले भने, ‘डा. गौरीशंकरलाल दासलाई आवश्यक सेवा सुविधा दिनेगरी सरकारले छिटै आवश्यक निर्णय गर्छ।’
कार्यवाहक प्रधानमन्त्री खड्काले विभिन्न जातजाति, भाषाभाषी, वर्ग, क्षेत्र, लिङ्ग र समुदायको आर्थिक, सामजिक र सांस्कृतिक उन्नयनको लागि सरकार दत्तचित्त रहेको उल्लेख गरे। उनले राष्ट्रको विविधतालाई स्वीकार गर्दै मुलुकमा छरिएर रहेका विभिन्न जातजाति, भाषाभाषी, वर्ग, क्षेत्र, लिङ्ग र समुदायको आर्थिक, सामजिक र सांस्कृतिक उन्नयनको लागिसरकार दत्तचित्त रहेको बताए।
उनले लोककल्याणकारी कार्य मार्फत देश, जनता र समाजको हितका लागि अमूल्य, अतुलनीय र अविष्मरणीय योगदान दिएका विशिष्ट व्यक्तिहरुलाई सरकारले सदैव सम्मान गर्ने बताए।
नेपालको चिकित्सा सेवा, नेपाल रेडक्रस सोसाइटी, मानवअधिकार, समाजसेवा, व्यावस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा मुलुकलाई अतुलनीय योगदान पु¥याएको जनाउँदै डा. गौरीशंकर लाल दासलाई नागरिकस्तरबाट अभिनन्दन गरिएको हो।
सोही अवसरमा डा. दासले विभिन्न कालखण्डमा लेखेका लेख रचनाको संगालो पुस्तक पनि विमोचन गरिएको थियो। वरिष्ठ छातीरोग विशेषज्ञ डा. लाल दास हाल एक सय वर्षको उमेरमा पनि सामाजिक अभियन्ताको क्षेत्रमा सक्रिय छन्।











