मुलुकको अर्थतन्त्र सुधार भएको भनेर सरकारले जनतालाई ढाँटिरहेको छ : ओली
नेपाल उद्योग तथा व्यवसायी महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले कार्यक्रममा ओलीले देशको अर्थतन्त्र नाजुक अवस्थामा पुग्दा पनि सुधार भएको भनेर सरकारले जनतालाई ढाँटिरहेको बताएका हुन्।काठमाडाैं, असाेज ९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधार भएको भनेर सरकारले जनतालाई ढाँटिरहेको बताएका छ।
नेपाल उद्योग तथा व्यवसायी महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले कार्यक्रममा ओलीले देशको अर्थतन्त्र नाजुक अवस्थामा पुग्दा पनि सुधार भएको भनेर सरकारले जनतालाई ढाँटिरहेको बताएका हुन्।
कोरोनापछि विश्वकै अर्थतन्त्र सुधार भएपछि नेपालको अर्थतन्त्र झन ओरालो लाग्नु चिन्ताको बिषय भएको उहाले बताउनुभयो। उहाले अर्थतन्त्रमा देखिएको असर व्यवसायीहरुमाथि पनि देखिदा पनि व्यवसायीहरुको समस्यामा सरकारले कुनै चासो नदेखिएको जिकिर गरे।
मुलुकको अर्थव्यवस्थालाई ओरालोतर्फ ढकेल्ने गरि बजेट ल्याउदा केही व्यवसायीले निकै राम्रो भनेर बजेटमाथि दिएको प्रतिक्रिया सुन्दा आफूलाई आश्चर्य लागेको उनले बताए।
अध्यक्ष ओलीले मुलुकमा धेरै समस्या आउदा पनि सरकार विभिन्न प्रकरण चलाउदै कमिशनको चक्करमा लागेको आरोप लगाए। उनले सुनतस्करी प्रकरणमा भरिया नभइएर लगानी गर्ने वास्तविक मालिकको खोजि गर्नुपर्ने धारणा राखे।
ओलीले व्यवसायीहरुको समस्याका बारेमा आफुले राष्ट्र बैंक लगाएत सरोकारवाला निकायसँग छलफल गर्ने प्रतिवद्धता जनाए।