Kathmandu Press

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने सरकारकाे प्रतिबद्धता

मंगलबार गृह मन्त्रालयमा भएको छलफलमा हरेक स्वास्थ्य संस्थामा उपचारबारे कुनै गुनासो भए उजुरी गर्ने पेटिका राख्ने र कानुन हातमा लिने प्रयास गरे हुने कारबाहीबारे सूचना राख्न पनि सरकार तयार भएको छ।
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने सरकारकाे प्रतिबद्धता

काठमाडौं, असोज ९ : सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।

उपप्रधामन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार गृह मन्त्रालयमा भएको छलफलमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन्।

Hardik ivf

मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए। नेपाल चिकित्सक संघले देशका विभिन्न ठाउँमा चिकित्सकलाई लक्षित गरी भएका सांघातिक आक्रमण र स्वास्थ्य संस्थामा अस्वाभाविक हुलहुज्जत र गुण्डागर्दी बढेको भन्दै आपत्ति जनाएको थियाे। 

छलफलमा हरेक स्वास्थ्य सस्थामा उपचारबारे कुनै गुनासो भए उजुरी गर्ने पेटिका राख्ने र कानुन हातमा लिने प्रयास गरे हुने कारबाहीबारे सूचना राख्न पनि सरकार तयार भएको जनाइएकाे छ। जहाँजहाँ घटना भएको छ, त्यसमा संलग्नहरुलाई ऐनअनुसार नै कारबाही गर्ने गृहमन्त्रीबाट प्रतिबद्धता व्यक्त भएकाे छलफलमा सहभागी एक चिकित्सकले बताए।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत, नेपाल मेडिकल काउन्सिल, चिकित्सक संघ, नर्सिङ संघ लगायतका प्रतिनिधिको उपस्थिति थियो। रेजिडेन्ट चिकित्सकहरुले डाक्टरमाथि आक्रमण गर्नेलाई पुर्पक्षका लागि थुनामा पठाएर घटनाको अनुसन्धान नगरे आन्दोलन नरोक्ने चेतावनी दिएका छन्।

प्रकाशित मिति: १८:२२ बजे, मंगलबार, असोज ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्