Kathmandu Press

सर्वाेच्चले माग्याे पूर्वप्रधानमन्त्री नेपाल-भट्टराई र पूर्वमुख्यसचिव पोखरेललाई मुद्दा नचलाउनुको कारण

न्यायाधीश विनोद शर्माको मंगलबार बसेको इजलासले ललिता निवास प्रकरणमा नाम जोडिएका नेपाल, भट्टराई र पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको हो।
सर्वाेच्चले माग्याे पूर्वप्रधानमन्त्री नेपाल-भट्टराई र पूर्वमुख्यसचिव पोखरेललाई मुद्दा नचलाउनुको कारण

काठमाडौं, असोज ९ : सर्वोच्च अदालतले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको छ।

न्यायाधीश विनोद शर्माको मंगलबार बसेको इजलासले ललिता निवास प्रकरणमा नाम जोडिएका नेपाल, भट्टराई र पोखरेललाई मुद्दा नचलाउनुको कारण माग गरेको हो।

Hardik ivf

उनीहरुलाई शक्ति र पहुँचमा भएकै कारण उन्मुक्ति दिइएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए। वरिष्ठ अधिवक्ता न्यौपानेले नै चार वर्षअघि पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई पनि भ्रष्टाचारमुद्दा चलाउनुपर्ने भनी सर्वोच्च अदालतमा रिट दिएका थिए, सो मुद्दा पनि अझै विचाराधीन छ।

रिटमा सुनुवाइ गर्दै इजलासले सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, महान्यायाधिवक्ता कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई लगायतसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको हो।

ललिता निवास जग्गा प्रकरणमा तत्कालीन भूमिसुधारमन्त्री, सचिव,  मालपोत र नापीका कर्मचारी, जग्गा खरिदकर्तालगायतविरुद्ध किर्ते अभियोगमा मुद्दा दायर गरिए पनि पूर्वप्रधानमन्त्री र पूर्वमुख्यसचिवलाई उन्मुक्ति दिइएको भन्दै सार्वजनिक आलोचना भएको थियो। सिआइबीले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई प्रतिवेदनमा सरकारी साक्षीका रुपमा मात्र प्रस्तुत गरेको थियो।

प्रकाशित मिति: १८:०६ बजे, मंगलबार, असोज ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्