Kathmandu Press

राहत शिक्षकको माग पूरा गर्नुपर्ने महासंघकाे भनाइ, महासंघ बिचौलिया बनेकाे राहतकाे आरोप

आफुहरुको माग सम्बोधन नभएको भन्दै राहत शिक्षकहरु भने अहिले पनि आन्दोलनमै छन्।
राहत शिक्षकको माग पूरा गर्नुपर्ने महासंघकाे भनाइ, महासंघ बिचौलिया बनेकाे राहतकाे आरोप

काठमाडौँ, असोज ९ : नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले राहत शिक्षकहरुको मागमा पनि गम्भीर हुन आग्रह गरेकी छन्।

नेपाली कांग्रेसले विद्यालय शिक्षासम्बन्धी विधेयकका सन्दर्भमा सरोकारवाला निकायसँग मंगलबार संसद भवन नयाँ बानेश्वरमा गरेकाे छलफलमा  उनले त्यस्ताे बताएकी हुन्। 

Hardik ivf

अध्यक्ष तुलाधरले विधेयकका सन्दर्भमा सरकारसँग भएको सहमति लगायतमा छलफल भएको बताइन्। आफूहरुले राहत शिक्षकको जायज माग पूरा गर्नुपर्नेमा जोड दिएको उनले बताइन्।

राहत शिक्षक समितिका अध्यक्ष खेमराज अधिकारीले भने आफूहरुको मागलाई महासंघले नै बेवास्ता गरेको बताए। उनले आफूहरुलाई सरकारले वार्तामा बोलाउन खोज्दा महासंघले बिचौलियाजस्तो भूमिका निर्वाह गरेको आरोप लगाए।

विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले यही असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौँ केन्द्रित सडकमा आन्दोलन गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छ बुँदे सहमति भएको थियो । तर आफुहरुको माग सम्बोधन नभएको भन्दै राहत शिक्षकहरु भने अहिले पनि आन्दोलनमै छन्। उक्त विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको थियो ।

कांग्रेस संसदीय दलले प्रतिनिधिसभा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक र शिक्षकसँगको सहमतिलगायत विषयमा सरोकार भएका पक्षसँग छलफल गरेको हो। छलफलका क्रममा शिक्षाका क्षेत्रमा काम गरिरहेका २० संस्थाहरुले धारणा राखेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

प्रमुख सचेतक लेखकले सरोकारवालाको सुझावका आधारमा विधेयकलाई परिमार्जन गराउन आफ्नो दलले भूमिका खेल्ने बताए। बुधबार विद्यालय शिक्षासम्बन्धी विधेयकका सन्दर्भमा बिशेषज्ञ र विधेयक निर्मणका क्रममा सहभागी विज्ञहरुसंग छलफल गरिने उनले बताए।

 

प्रकाशित मिति: १७:४० बजे, मंगलबार, असोज ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्