Kathmandu Press

सुन तश्करी प्रकरणका सबै प्रतिवादीको बयान सकियो 

सुन तश्करी प्रकरणका सबै प्रतिवादीको बयान सकियो 

काठमाडौँ, असोज ९ : हङकङबाट ६१ किलो सुन तश्करी प्रकरण मुद्दाका सबै प्रतिवादी बयान मंगलबार सकिएको छ। 
प्रहरी हिरासतमा रहेका २६ जना अभियुक्तको बयान सकिएको हो। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा उनीहरुको बयान चल्दै आएको थियो।

बयान सकिएपछि बुधवारबाट बादी र प्रतिवादीका कानुनव्यवसायीको थुनछेकसम्वन्धी बहस सुरु हुने छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ३ जना फरार सहित २९ जनालाई प्रतिवादी कामय गरेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। 
 

प्रकाशित मिति: १७:३७ बजे, मंगलबार, असोज ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्