Kathmandu Press

सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकमाथि छलफल सुरु

सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकमाथि छलफल सुरु

काठमाडाैं, असाेज ९ : सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल सुरु भएको छ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकमा उक्त विधेयकमाथि दफावार छलफल सुरु भएको हो। बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक सञ्चार माध्यमलाई जनताप्रति जवाफदेही र उत्तरदायी तुल्याउन सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाइएको बताएका छन्।

Hardik ivf

उनले विधेयकमाथि आएका संशोधनमाथि पनि छलफल गरेर जनउत्तरदायी बनाइने प्रतिबद्धता जनाए। ७७ सालमा प्रस्तुत भएको विधेयक, यसबीचमा भएको परिवर्तनलाई समेत ध्यानमा राखेर अघि बढाउने उनको भनाइ छ।

उनले सरकारी सञ्चारमाध्यमलाई राष्ट्रिय सार्वजनिक सेवा प्रसारणका रुपमा रुपान्तरण गरी लोकतान्त्रिक मूल्य, मान्यता र स्वतन्त्र पत्रकारिताको मर्मलाई आत्मसात गर्दै  जनताप्रति उत्तरदायी रुपमा सञ्चालनको उद्देश्य राखि कानुन निर्माण अघि बढाएको उनले बताए।

बैठकमा समिति सदस्यहरुले सार्वजनिक सेवा प्रसारण संस्थालाई राजनीति हस्तक्षेपबाट मुक्तका साथै सूचनाको पहुँच विस्तार गरी मुलुकको साझा संस्थाका रुपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए। 

प्रकाशित मिति: १६:५१ बजे, मंगलबार, असोज ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्