Kathmandu Press

दसैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल असोज २१ देखि सञ्चालन हुने

दसैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल असोज २१ देखि सञ्चालन हुने

काठमाडौं, असोज ९ : सरकारले दसैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल असोज २१ देखि सञ्चालन गर्ने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज बसेको बैठकले त्यस्तो निर्णय गरेको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र ठाकुरले बताए। ‘सहुलियतपूर्ण पसलमा उपभोक्ताले ५० रुपैयाँसम्म छुट पाउनेछन्,’ उनले भने।

सहुलियत पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थानलगायतले खाद्यान्न, तेल, दाल, गेडागुडी सहुलियतपूर्ण मूल्यमा उपलब्ध गराउने मन्त्रालयको भनाइ छ।

प्रकाशित मिति: १५:३६ बजे, मंगलबार, असोज ९, २०८०
NTCNTC
प्रतिक्रिया दिनुहोस्