नेपाल मुस्लिम संघको केन्द्रीय अध्यक्षमा मन्सुरी निर्विरोध
नेपाली कांग्रेसको भ्रातृ संस्था संघको काठमाडौंको राष्ट्रिय सभागृहमा सम्पन्न तेस्रो महाधिवेशनले मन्सुरीको नेतृत्वमा ८७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।
काठमाडौं, असोज ९ : नेपाल मुस्लिम संघको केन्द्रीय अध्यक्ष पदमा अताबुल मन्सुरी निर्विरोध नर्वाचित भएका छन्।
नेपाली कांग्रेसको भ्रातृ संस्था संघको काठमाडौंको राष्ट्रिय सभागृहमा सम्पन्न तेस्रो महाधिवेशनले मन्सुरीको नेतृत्वमा ८७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार महाधिवेशन उद्घाटन गरेका थिए।सोमबार राति सम्पन्न महाधिवेशनबाट मन्सुरी संघको अध्यक्ष बनेका हुन्।
संघको अध्यक्षका लागि मनोनयन दिएका मोहम्मद निजामुद्दिनले समर्थन जनाएपछि सर्वसम्मत बनेको जनाइएको छ। संघको हाल देशभर ४३ जिल्लामा शाखा रहेका छन्।
आयोजकले जनाए अनुसार संघको महाधिवेशनले नौ उपाध्यक्ष, तीन महिला उपाध्यक्ष, दुई महासचिव, ११ सचिव, एक कोषाध्यक्ष, सहकोषाध्यक्ष एकसहित ५१ सदस्य हुने गरी निर्विरोध निर्वाचित गरेको छ। तेस्रो महाधिवेशनका लागि देशभरबाट करिब चार सय प्रतिनिधिको सहभागिता रहेको थियो।