Kathmandu Press

स्वच्छ तथा शुद्ध खानेपानी उपलब्ध गराउन सरकार सचेत छ : मन्त्री भण्डारी

आज काठमाडौंमा भएको खानेपानी सरसफाइ तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षासम्बन्धी राष्ट्रिय सम्मेलनमा उनले खानेपानी तथा सरसफाइजस्ता नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्न सामूहिक प्रयासको खाँचो रहेको औंल्याए।
स्वच्छ तथा शुद्ध खानेपानी उपलब्ध गराउन सरकार सचेत छ : मन्त्री भण्डारी

काठमाडौं, असोज ९ : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं कार्यवाहक खानेपानीमन्त्री शरद्सिंह भण्डारीले संविधानको मौलिक हकमै व्यवस्था भएको स्वच्छ तथा शुद्ध खानेपानी पाउने नागरिकको हक कार्यान्वयनमा सरकार सचेत रहेको बताएका छन्। 

आज काठमाडौंमा भएको खानेपानी सरसफाइ तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षासम्बन्धी राष्ट्रिय सम्मेलनमा उनले खानेपानी तथा सरसफाइजस्ता नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्न सामूहिक प्रयासको खाँचो रहेको औंल्याए।

Hardik ivf

मन्त्री भण्डारीले सरकार, निजी क्षेत्र र दातृ निकाय तथा सङ्घसंस्थाको सहकार्यमा मात्रै सरकारले लिएको लक्ष्य पूरा गर्न सकिने भएकाले सामूहिक प्रयास महत्वपूर्ण हुने बताए।

सबै नागरिकलाई खानेपानी र सरसफाइको पहुँचमा पुर्‍याउन बहुआयामिक विषय जोडिने भएकाले  ती क्षेत्रको पनि सुधार गर्नुपर्नेमा जोड दिँदै उनले यो सम्मेलनले एउटा दिशानिर्देश गर्ने बताए।

मन्त्री भण्डारीले दिगो विकास लक्ष्यसँग जोडिएको यो विषयलाई विशेषरूपमा लिएर काम गर्न सके समतामुलक समाज निर्माणमा महत्वपूर्ण फड्को मार्ने पनि उल्लेख गरे।

उनले चुरे भावर क्षेत्रमा पानीको सतह तल गइरहेको सन्दर्भ जोड्दै उक्त समस्या न्यूनीकरणका लागि पनि काम गर्नु जरुरी रहेको बताए।  
­­­

प्रकाशित मिति: १३:५७ बजे, मंगलबार, असोज ९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्