Kathmandu Press

ताइवान स्वतन्त्रताको समर्थन नगर्ने प्रधामन्त्रीको प्रतिबद्धता  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणको बेला मंगलबार नेपाल र चीनले जारी गरेको संयुक्त विज्ञप्तिमार्फत ताइवानको स्वतन्त्रताको समर्थन नगर्ने प्रतिबद्धता आएको हो।
ताइवान स्वतन्त्रताको समर्थन नगर्ने प्रधामन्त्रीको प्रतिबद्धता  

काठमाडौं, असोज ९ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ताइवानको स्वतन्त्रताको समर्थन नगर्ने प्रतिबद्धता जनाएका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणको बेला मंगलबार नेपाल र चीनले जारी गरेको संयुक्त विज्ञप्तिमार्फत ताइवानको स्वतन्त्रताको समर्थन नगर्ने प्रतिबद्धता आएको हो।

Hardik ivf

संयुक्त विज्ञप्तिमा उल्लेख छ, ‘चीनको सरकार सिंगो चीनको प्रतिनिधित्व गर्ने एकमात्र कानुनी सरकार हो र ताइवान चीनको भूभागको अविभाज्य भाग हो भनी स्वीकार गर्दै नेपाली पक्ष ताइवानको स्वतन्त्रताको विरुद्धमा छ।’ 

नेपालले एक चीन नीतिप्रति आफ्नो दृढ प्रतिवद्धता दोहोर्‍याएको जनाइएको छ। यस्तै नेपालले तिब्बत मामिला चीनको आन्तरिक मामिला भएको पनि जनाएको छ।

नेपालको भूमिमा चीनविरुद्ध कुनै पनि पृथकतावादी गतिविधि हुन नदिने प्रतिवद्धता पनि विज्ञप्तिमा जनाइएको छ। 

प्रकाशित मिति: १३:५४ बजे, मंगलबार, असोज ९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्