Kathmandu Press

सन् २०२५ लाई चीनमा ‘नेपाल भ्रमण वर्ष’ घोषणा गर्ने सहमति

चिनियाँ पर्यटकहरूलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्यसहित उक्त सहमति भएको जनाइएको छ। यस्तै, दुई देशीय व्यापार, पारवहन तथा कूटनीतिक सहमति एवम् पर्यटन प्रवर्द्धनका कार्यक्रमहरूमा समेत सम्झौता भएका छन्।
सन् २०२५ लाई चीनमा ‘नेपाल भ्रमण वर्ष’ घोषणा गर्ने सहमति

काठमाडौँ, असोज ९ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को चीन भ्रमणका क्रममा सन् २०२५ लाई चीनमा ‘नेपाल भ्रमण वर्ष’ घोषणा गर्ने सहमति दुई देशबीच भएको छ। 

चिनियाँ पर्यटकहरूलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्यसहित उक्त सहमति भएको जनाइएको छ। यस्तै, दुई देशीय व्यापार, पारवहन तथा कूटनीतिक सहमति एवम् पर्यटन प्रवर्द्धनका कार्यक्रमहरूमा समेत सम्झौता भएका छन्। नेपालको पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक आदान प्रदान गर्ने गरी दुई देशबीच भाषा, संस्कृतिको आदानप्रदान समेत भएको छ। 

यसैगरी चिनियाँ पक्षले ८ औँ ‘चाइना साउथ एसिया फ्रेन्डसीप अर्गनाइजेशन’ फोरममा मित्र राष्ट्रको रूपमा भाग लिन समेत नेपाललाई आग्रह गरेको छ। नेपाल–चीन दुई देशका विभिन्न सहरहरूबिच भगिनी सहरको सम्बन्ध स्थापना गर्ने र दुई देशबिचको जनता–जनताको सम्पर्कलाई गहिरो बनाउने सहमति समेत भएको जनाइएको छ।
 

प्रकाशित मिति: १३:१२ बजे, मंगलबार, असोज ९, २०८०
NTCNTC
प्रतिक्रिया दिनुहोस्