Kathmandu Press

सुरक्षालाई प्राथमिकतामा राखेर एलपी ग्यास बजारमा ल्याउन मन्त्री रिजालको आग्रह 

मंगलबार काठमाडौंमा आयोजित नेपाल एलपी ग्यास उद्योग संघको २८औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।
सुरक्षालाई प्राथमिकतामा राखेर एलपी ग्यास बजारमा ल्याउन मन्त्री रिजालको आग्रह 

काठमाडौं, असाेज ९ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सबै ग्यास उद्योगलाई जिउ धनको सुरक्षालाई प्राथमिकतामा राखेर उत्पादनलाई बजारमा ल्याउन आग्रह गरेका छन्। 

मंगलबार काठमाडौंमा आयोजित नेपाल एलपी ग्यास उद्योग संघको २८औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

एलपी ग्यास सुरक्षाका दृष्टिकोणले अत्यन्तै संवेदनशील बस्तु भएकाले सबै ग्यास उद्योगले आम उपभोक्ताको जिउ धनको सुरक्षालाई प्राथमिकतामा राखेर आफ्नो उत्पादनलाई बजारमा ल्याउन मन्त्री रिजालले आग्रह गरे। 

उनले भने, ‘एलपी ग्यास सुरक्षाको दृष्टिकोणले अत्यन्तै संवेदनशील बस्तु हो। सबै ग्यास उद्योगले आम उपभोक्ताको जिउ धनको सुरक्षालाई प्राथमिकतामा राखेर आफ्नो उत्पादनलाई बजारमा ल्याउने छन् भन्ने विश्वास छ।’

ग्यास उद्योगले राजस्व अभिवृद्धि रोजगारी सिर्जना गरी आर्थिक क्षेत्रलाई चलायमान ठूलो योगदान पुर्याएकाले सरकारले उद्योग व्यवस्थित गरी कारोबारलाई सर्वसुलभ बनाउन कानूनी र नीतिगत सुधार गर्ने उनले बताए।

‘ग्यास उद्योगहरुले राजस्व अभिवृद्धि रोजगारी सिर्जना गरी आर्थिक क्षेत्रलाई चलायमान ठूलो योगदान गरेका छन्’ मन्त्री रिजालले भने, ‘एलपी ग्यास उद्योग व्यवस्थित गरी कारोबारलाई सर्वसुलभ बनाउन सरकारले के कस्ता कानूनी र नीतिगत सुधार गर्नुपर्छ अवश्य गर्दै जाने छ।’
 

प्रकाशित मिति: १३:०८ बजे, मंगलबार, असोज ९, २०८०
NTCNTC
प्रतिक्रिया दिनुहोस्