फेरि ६ दिन पर धकेलियाे राष्ट्रिय सभा बैठक

काठमाडौं, असोज ९ : १२ असोजमा बस्ने तय भएको राष्ट्रिय सभा बैठक फेरि ६ दिन पर धकेलिएको छ।
संघीय संसद सचिवालयले मंगलबार सूचना जारी गरी विशेष कारणवश बस्न नसक्ने भन्दै बैठक १८ गतेका लागि सरकाे जानकारी दिएको छ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले असोज १८ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बैठक तोकेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए।
प्रकाशित मिति: १२:५७ बजे, मंगलबार, असोज ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











