Kathmandu Press

हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान (तस्बिरहरू)

प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिन्छ।
हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान (तस्बिरहरू)

काठमाडौं, असोज ९ : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान १०ः३७ बजेको साइतमा हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिएको छ।
 
प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिन्छ। समितिले दिएको साइतमा आज बिहान मानन्धर समूहले इन्द्रध्वजोत्थान गरेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए। 

Photo (7)1695712924.jpg
 
इन्द्रध्वजोत्थानका लागि गत भदौ ३१ गते वनयात्रा गरी लिङ्गो काटिएको थियो। यही असोज ६ गते लिङ्गोलाई भोटाहिटीबाट नगर प्रवेश गराइएको थियो। आज लिङ्गोलाई इन्द्रध्वजका रुपमा उठाएपछि इन्द्रजात्राको विशेष चहलपहल हनुमानढोका दरबार क्षेत्रमा सुरु हुन्छ।

जात्राको मुख्य दिन असोज ११ गते बिहीबार हनुमानढोका दरबार क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तिले इन्द्रजात्राको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

Hardik ivf

RS-KTM-20230926110602_RATL98391695710963.JPG

RS-KTM-20230926110927_RATL99291695710963.JPG

RS-KTM-20230926112614_RATL99991695710964.JPG

RS-KTM-20230926104112_RATL97701695710965.JPG

Photo (4)1695712924.jpg

RS-KTM-20230926110123_RATL9829_11695710993.JPG

RS-KTM-20230926105836_RATL98231695710969.JPG

RS-KTM-20230926110603_RATL98431695710969.JPG

RS-KTM-20230926104327_RATL97831695710966.JPG

(तस्बिरहरू : रासस)

प्रकाशित मिति: १२:२५ बजे, मंगलबार, असोज ९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्