Kathmandu Press

चार प्रदेशमा वर्षाको सम्भावना

साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। 
चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौ, असोज ९ : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित छ।

साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यी प्रदेशमा राति पनि चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

प्रकाशित मिति: ०७:१२ बजे, मंगलबार, असोज ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्