महासमिति बैठक तयारी गर्न कांग्रेसले बनायो चार वटा समिति
सोमबारको केन्द्रीय समिति बैठकले सभापति शेरबहादुर देउवाको नेतृत्वमा मुल आयोजक समिति गठन गर्ने निर्णय गरेको छ।
काठमाडौं, असोज ८ : नेपाली कांग्रेसले मंसिरमा हुने महासमिति बैठक तयारीका लागि चार वटा समिति गठन गरेको छ।
सोमबारको केन्द्रीय समिति बैठकले सभापति शेरबहादुर देउवाको नेतृत्वमा मुल आयोजक समिति गठन गर्ने निर्णय गरेको छ।
यस्तै, बैठकले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा प्रस्ताव तयारी समिति महामन्त्री गगन थापाको नेतृत्वमा संगठन र अर्का महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा राजनीतिक प्रस्ताव समिति गठन गर्ने गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।
आवश्यकताअनुसार सभापतिले अन्य समिति पनि गठन गर्न सक्नेछन्।
प्रकाशित मिति: २०:४९ बजे, सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











