Kathmandu Press

देशलाई मिलाएर अघि बढ्नुको विकल्प छैन : राष्ट्रपति पाैडेल

संघ, प्रदेश र स्थानीय तहको अधिकार नपाएको भन्दै उनले यसलाई मिलाउन राजनीति दलहरू गम्भीर हुनुपर्ने धारणा राखे।
देशलाई मिलाएर अघि बढ्नुको विकल्प छैन : राष्ट्रपति पाैडेल

धनुषा, असोज ८ : राष्ट्रपति रामचन्द्र पौडेलले देशलाई मिलाएर अघि बढाउनुको बिकल्प नभएको बताए।

सोमबार जनकपुरधाममा आयोजित अभिनन्दन कार्यक्रममा राष्ट्रपति पौडेलले मुलुकको राष्ट्रियतालाई बलियो बनाउन देशलाई मिलाएर अघि बढाउनुको विकल्प नभएको बताए।

Hardik ivf

राष्ट्रियतालाई बलियो बनाएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने उनले बताए। संघ, प्रदेश र स्थानीय तहको अधिकार नपाएको भन्दै उनले यसलाई मिलाउन राजनीति दलहरू गम्भीर हुनुपर्ने धारणा राखे।

राष्ट्रिपति पौडेलले यस विषयमा आफूले प्रधानमन्त्री पुष्कमल दाहाल, कांग्रेस सभापति शेरबहादृर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग भेटेरै कुरा राख्ने प्रतिबद्धता जनाए।

जनताको ठूलो बलिदानबाट प्राप्त भएको सङ्घीयतालाई मजबुत बनाउन आवश्यक पर्ने कानूनको निर्माणमा ढिलाइ हुन नहुने उनले उल्लेख गरे। उनले आफूले सबै धर्म, संस्कृति तथा परम्पराप्रति उत्तिकै सम्मान गरेर पदको गरिमा बढाउने प्रयास गरेको बताए ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाले राष्ट्रपति पौडेललाई जनकपुरधाम बासीको तर्फबाट नागरिक अभिनन्दन गरेको थियो।

प्रकाशित मिति: १८:३९ बजे, सोमबार, असोज ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्