Kathmandu Press

शिक्षकलाई खुसी बनाउन संविधान विपरीत ऐन बनाउन सकिँदैन : कानूनमन्त्री गुरुङ

संघीयता कार्यान्वयनको समस्या, शिक्षा विधेयकमा देखिएको भन्दै शिक्षकलाई खुसी बनाउने नाममा संविधान विपरीत ऐन बनाउन नसक्ने बताए।
शिक्षकलाई खुसी बनाउन संविधान विपरीत ऐन बनाउन सकिँदैन : कानूनमन्त्री गुरुङ

काठमाडौं, असोज ८ : कानूनमन्त्री धनराज गुरुङले शिक्षकलाई खुसी बनाउने नाममा संविधान विपरीत ऐन बनाउन नसक्ने बताएका छन्।

कांग्रेस उपसभापति समेत रहेका गुरुङले सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा संघीयता कार्यान्वयनको समस्या, शिक्षा विधेयकमा देखिएको भन्दै शिक्षकलाई खुसी बनाउने नाममा संविधान विपरीत ऐन बनाउन नसक्ने बताएका हुन्।

‘हामी संघीयतामा गयौं, तर वास्तवमा अङ्गीकार गर्न नसकेको कुरा यही शिक्षा विधेयकमा पनि देखियो। शिक्षकहरूलाई सम्बोधन गर्नुपर्छ त्यो हो । तर शिक्षकलाई खुसी पार्ने सन्दर्भमा हामीले बनाएको संविधान विपरीत ऐन बनाउन मिल्छ कि मिल्दैन्?,’ उनले भने, ‘हामी त्यस्तो मानिस होइन जसले संविधान भन्दा माथि कानून बनाउन सक्दैनौ यो कुरा प्रष्ट हुनुपर्छ त्यसैले शिक्षकलाई ह्याप्पी बनाउने नाममा संविधानलाई मिचेर संविधान विपरीत ऐन बनाउन सकिँदैन। यो कुरा भन्नै पर्छ ।’

उनले आम माफी दिने सन्दर्भमा आफ्नो नाम जोडेर राजीनामा समेत माग गर्दै विभिन्न समाचारहरू आएको भन्दै आपत्ति जनाए।

 

प्रकाशित मिति: १८:०२ बजे, सोमबार, असोज ८, २०८०
NTCNTC
प्रतिक्रिया दिनुहोस्