Kathmandu Press

गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठ दोषी ठहर

गैरकानुनी सम्पत्ति आर्जन मुद्दामामा सोमबार विशेष अदालतका सदस्य यमुना भट्टराई र खुशीप्रसाद थारुको इजलासले पूर्वमन्त्री श्रेष्ठसहित ३ जनालाई दोषी ठहर गरेको हो।
गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठ दोषी ठहर

काठमाडौं, असोज ८ : गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठ दोषी ठहर भएका छन्।

गैरकानुनी सम्पत्ति आर्जन मुद्दामामा सोमबार विशेष अदालतका न्यायाधीश द्वय यमुना भट्टराई र खुशीप्रसाद थारुको इजलासले पूर्वमन्त्री श्रेष्ठसहित ३ जनालाई दोषी ठहर गरेको हो।

Hardik ivf

अदालतले श्रेष्ठलाई ६ महिना कैद र ९८ लाख २९ हजार ५ सय ३७ रुपैयाँ जरिवाना र त्यति नै बराबरको बिगो जफत गर्न आदेश दिएको छ।

पूर्वमन्त्री श्रेष्ठले ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएको करिब डेढ वर्षमा सोमबार उनी दोषी ठहर भएका हुन् ।

नेपाल सरकारको पूर्वसचिवसमेत रहेका श्रेष्ठ खिलराज रेग्मी नेतृत्वको सरकारमा पर्यटन मन्त्री थिए।

प्रकाशित मिति: १७:४९ बजे, सोमबार, असोज ८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्